२१ बैशाख, २०८१ शुक्रबार

03:06:30 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

काठमाडौँ मेडिकल कलेजले लिँदै छ अतिरिक्त शुल्क : विद्यार्थीको विरोध

Nepal Business

२० पुस, २०७८

काठमाडौँ मेडिकल कलेजले लिँदै छ अतिरिक्त शुल्क : विद्यार्थीको विरोध

२० पुस । काठमाडौँ मेडिकल कलेजले विद्यार्थीबाट अतिरिक्त शुल्क लिएको भन्दै विरोध गरिएको छ । विभिन्न विद्यार्थ संगठनले शुल्क फिर्ताको माग गरेका छन् ।

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा विद्यार्थीसँग लिँदै आएको अतिरिक्त शुल्क खारेजीको माग गर्दै रिले अनशन नै सुरु गरेको छ । नेविसङ्घले नेपाल मेडिकल कलेजले मनोमानी ढङ्गले अतिरिक्त शुल्क लिएको भन्दै उक्त शुल्क खारेजीको माग गरेको छ । 

नेविसङ्घका पूर्वकोषाध्यक्ष शिव रिमालले कलेजले मनोमानी ढङ्गले तोकेको अतिरिक्त शुल्क खारेज गर्नुपर्ने, चिकित्सा शिक्षा आयोगले तोकेको शुल्क कार्यान्वयन गर्नुपर्ने जस्ता माग राखेर अनशन सुरु गरिएको जानकारी दिनुभयो ।

चिकित्सा शिक्षा आयोगले तोकेअनुसार सबै प्रक्रिया पु¥याएका विद्यार्थीको हकमा तुरून्तै नियमित कक्षा सञ्चालन गरी पठनपाठनको व्यवस्था मिलाउनुपर्ने माग पनि नेविसङ्घले राखेको छ । होस्टेल शुल्क बजार मूल्यलाई मध्यनजर गरी वैज्ञानिक तवरले निर्धारण गर्नसमेत माग गरिएको छ । आज विद्यार्थीहरू नरेश भट्ट, दयाल सत्सगी, राजन पाण्डे, सोनु यादव, राजु अधिकारी, मजिला गिरी,  श्रीयुता खतिवडा, भागेश्वरी ऐर, रोजिना जिसी र अनु थापा रिले अनसन बस्नुभएको छ । रासस