८ मंसिर, २०८१ शनिबार
04:20:48 PM
२६ जेठ, २०७९
काठमाडौं। करिब तीन वर्षदेखि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा रोक्का रहेको आँधिखोला लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार फुकुवा भएको छ। नेपाल राष्ट्र बैंकले जेठ २४ गते नेप्सेलाई लघुवित्तको धितोपत्र कारोबार फुकुवा गर्न नेप्सेलाई पत्राचार गरेसँगै भोलि शुक्रबारदेखि कम्पनीको सेयर कारोबार हुन लागेको हो ।
धौलागिरी लघुवित्त र आँधीखोला लघुवित्त एक आपसमा मर्जरमा जाने सम्झौता भएसँगै सेयर कारोबार रोक्का थियो । तर यी दुई कम्पनीको मर्जर प्रक्रिया भाँडियो। मजर भाँडिएपछि राष्ट्र बैंकले आँधीखोला लघुवित्तको कारोबार दोस्रो बजारमा सुचारु गर्न अनुमति दिएन। राष्ट्र बैंकको विद्यमान व्यवस्थाअनुसार मर्जर भाँडिएपश्चात नयाँ मर्जर नभएसम्म कारोबार रोक्का रहन्छ।