८ मंसिर, २०८१ शनिबार
04:24:23 PM
२६ जेठ, २०७९
साधारण सभा प्रयोजनका लागि कम्पनीले जेठ १२ गतेदेखि २७ गतेसम्म बुक क्लोज गरेको थियो। त्यसैले जेठ ११ गतेसम्म कायम सेयरधनीले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।
काठमाडौं । गोर्खाज फाइनान्स कम्पनीको वार्षिक साधारण सभा भोलि (जेठ २७ गते शुक्रबार) बस्दै छ । फाइनान्स कम्पनीको २७ औं वार्षिक साधारण अनुपम फुडल्याण्ड एण्ड व्याङक्वेट बत्तिसपुतली, काठमाडौंमा बिहान ११ः ३० बजे बस्न लागेको हो ।
सभाले गत आर्थिक वर्ष २०७७। ७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्ने, चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने, सञ्चालक समितिमा रिक्त हुन गएको संस्थापक सेयरधनी र सर्वसाधारण सेयरधनीहरुको तर्फबाट १।१ जना सञ्चालक नियुक्ती गरिएको विषयलाई पनि सभामार्फत स्वीकृति प्रदान गर्ने लगायतका एजेण्डामा छलफल गरि पारित गर्ने छ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले जेठ १२ गतेदेखि २७ गतेसम्म बुक क्लोज गरेको थियो। त्यसैले जेठ ११ गतेसम्म कायम सेयरधनीले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।