२३ बैशाख, २०८१ आइतबार

11:50:08 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सुपारी तथा केराउको आयातमा लाग्दै आएको शतप्रतिशतशत मार्जिन हट्यो

Nepal Business

२६ जेठ, २०७९

औद्योगिक प्रयोगमा उपयोग हुने सुपारी, केराउ, मरिच र छोकडामा विदेशी मुद्रा सटहीको सुविधा दिन प्रदान

सुपारी तथा केराउको आयातमा लाग्दै आएको शतप्रतिशतशत मार्जिन हट्यो

काठमाण्डौं । सुपारी, केराउ, मरिच र छोकडामा लाग्दै आएको शतप्रतिशतशत मार्जिन हटेको छ । बिहीबार नेपाल राष्ट्र बैंकले सर्कुलर जारी गर्दै औद्योगिक प्रयोजनका लागि उद्योग आफैँले वस्तु आयात गर्ने भएकाले मार्जिन हटाएको जानकारी दिएको हो । अब यी वस्तुहरुको हकमा मार्जिन र सर्तहरुसम्बन्धी व्यवस्था लागू नहुने भएको छ ।

बैंकले केही समयअघि विदेशी मुद्राको सञ्चिती जोगाउन शतप्रतिशत मार्जिनको व्यवस्था गरेको थियो। राष्ट्र बैंकको परिपत्र अनुसार औद्योगिक प्रयोगमा उपयोग हुने सुपारी, केराउ, मरिच र छोकडामा विदेशी मुद्रा सटहीको सुविधा दिन प्रदान गरेको हो । 

राष्ट्र बैंकले जारी गरेको सर्कुरमा भनिएको छ, ‘भन्सार शिर्षक नम्बर ०७१३१०००, ०८०२९०००, ०८०२९००० र ०९०४११०० मा आयात हुने वस्तुहरु औद्योगिक प्रयोजनका लागि उद्योग विभागको सिफारिसमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुमतिमा सम्बन्धित उद्योगले नै आयात गर्न सक्ने हुदाँ उक्त व्यवस्थाको अधीनमा रही विदेशी मुद्रा सटहीको सुविधा प्रदान गर्न सकिनेछ।’