८ मंसिर, २०८१ शनिबार
04:30:31 PM
२६ जेठ, २०७९
काठमाण्डौं । राष्ट्रपति तथा प्रधानमन्त्री लगायत उच्च ओहोदाका अधिकारीहरुको बैंक खाता निगरानी हुने भएको छ ।
नेपाल राष्ट्र बैंकले सम्पत्ति शुद्धिकरण तथा आंतकवादी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रण गर्ने सम्बन्धि एकीकृत निर्देशिका संसोधन गर्दै राष्ट्रपति तथा प्रधानमन्त्रीसहित उच्च पदस्थ अधिकारीको बैंक खाता निगरानी गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो ।
बैंक तथा वित्तीय संस्थाले राष्ट्रपति तथा प्रधानमन्त्री बाहेक संसदका सदस्य, संवैधानिक निकायका प्रमुख तथा उच्च सरकारी कर्मचारीको खाता निगरानी गर्नुपर्ने बैंकले जनाएको छ ।
बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले स्वदेशी तथा विदेशी उच्चपदस्थ व्यक्तिको खाताको नियन्त्रण गर्नपर्ने छ ।
यस्तै कम्पनीको नाममा भइरहेका कारोबारमा वास्तविक खातावाल धनी तथा कम्पनीमा निर्देशन दिनसक्ने अधिकारीको खाता समेत निगरानीमा राख्नुपर्ने निर्देशन दिएको छ ।