८ मंसिर, २०८१ शनिबार
05:04:54 PM
२६ जेठ, २०७९
काठमाण्डौं । नेपाल राष्ट्र बैंकले विदेशी विनिमय कारोबार गर्न इजाजतप्राप्त निकायलाई एकीकृत परिपत्र–२०७८ मा संसोधन जारी गरेको छ । एकीकृत इ.प्रा २७/२०७८ सम्पति शुद्धीकरण सम्बन्धी व्यवस्थालाई संसोधन परिमार्जन गर्न गराउनु तोकिएको ऐनले दिएको अधिकार प्रयोग गरी परिपत्र जारी गरिएको जनाइएको छ ।
नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त विदेशी मुद्रा सटही कारोबार गर्ने, विप्रेषसम्बन्धी कार्य गर्ने संस्थालाई सम्पति शुद्धिकरण तथा आतङ्कवादी कार्यमा लगानी गर्ने कार्य निवारण गर्ने सम्बन्धमा यो परिपत्र जारी गरिएको हो ।