१७ कार्तिक, २०८१ शनिबार
11:18:07 AM
२६ जेठ, २०७९
कम्पनीले हाल कायम १० कित्ता सेयर बराबर नयाँ ७ कित्ता सेयरको अनुपातमा हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको थियो ।
काठमाडौं । नेपाल फाइनान्स लिमिटेडको हकप्रद सेयरमा आवेदन दिने आज (जेठ २६ गते) अन्तिम दिन रहेको छ । कम्पनीले जेठ ६ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको थियो ।
कम्पनीले हाल कायम १० कित्ता सेयर बराबर नयाँ ७ कित्ता सेयरको अनुपातमा हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको थियो । यसअनुसार कम्पनीले एक सय रुपैयाँ अंकित दरका ३४ करोड ५४ लाख ४७ हजार ४२७ रुपैयाँ ५० पैसा बराबरको ३४ लाख ५४ हजार ४७४.२७५ कित्ता हकप्रद जारी गरेको हो ।
हकप्रद निष्काशनका लागि कम्पनीले वैशाख २१ गते बुकक्लोज गरेको थियो । यसअनुसार बैशाख २० गतेसम्म नेप्सेमा कारोबार भइ कायम रहेका सेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन् ।
कम्पनीको हकप्रद सेयरको बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । हकप्रदमा प्रभु क्यापिटल, नेपाल फाइनान्सका केन्द्रीय तथा शाखा कार्यालयहरु र धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरोशेयर सफ्टवेयर मार्फत आवेदन दिन पाउनेछन् ।