१७ कार्तिक, २०८१ शनिबार

11:19:37 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

कामना बैंकको नयाँ शाखा विस्तार

Nepal Business

२५ जेठ, २०७९

कामना  बैंकको नयाँ शाखा विस्तार

काठमाण्डौं । कामना सेवा विकास बैंक लिमिटेडले नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सेवा विस्तार गर्ने क्रममा मिति २०७९ साल जेष्ठ २५ गते बुधबारबाट झापा जिल्लाको कमल गा. पा. वडा नं ०७ गेउरियामा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो । 

बैंकले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ बैंकले थप नयाँ स्थानहरूमा मोबाइल एप मार्फत शाखा रहित बैंकिङ्ग सेवा शुभारम्भ गरेको छ । 

कमल गा. पा. वडा नं ०७ गेउरिया बस्ने सन्तोष राईलाई शाखा रहित बैंकिङ्ग सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ । वडा नं. ०७ का वडा अध्यक्ष पृथ्विपती राईले उक्त शाखा रहित बैंकिङ्ग सेवाको समुद्घाटन गरी सेवा शुभारम्भ गर्नुभएको हो । 

कार्यक्रममा कामना सेवा विकास बैंक प्रदेश नं. १ का प्रमुख खिमलाल भुसाल, गेउरिया बजार समितीका अध्यक्ष नारायण प्रसाद निरौला लगायत बैंकका अन्य कर्मचारीहरु, व्यावसायिक प्रतिनिधि तथा स्थानीय महानुभावहरुको उपस्थिती रहेको थियो । 

शाखा रहित बैंकिङ्ग मार्फत खाता खोल्ने, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरु प्रदान गरिनेछ ।
यो सेवाबाट ग्रामीण तथा बैंकिङ्ग पहुंच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिङ्ग अवधारणाको विकास हुने अपेक्षा बैंकले लिएको छ ।