१७ कार्तिक, २०८१ शनिबार

11:21:17 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सेञ्चुरी कमर्सियल बैंकको २ हजार ८ सय कित्ता सेयर लिलामीमा, न्यूनतम मूल्य कति ?

२५ जेठ, २०७९

लगानीकर्ताहरूले बिक्री प्रबन्धक सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेड, कमलादी, काठमाडौं तथा सेञ्चुरी बैंकको तोकिएका शाखा कार्यालयहरूमा आवेदन दिनुपर्नेछ ।

सेञ्चुरी कमर्सियल बैंकको २ हजार ८ सय कित्ता सेयर लिलामीमा, न्यूनतम मूल्य कति ?

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले संस्थापक समूहको सेयर लिलाम बढाबढ गरी बिक्री गर्ने भएको छ । बैंकले २ हजार ८ सय १८ कित्ता संस्थापक समूहको सेयर लिलाम बढाबढ गरी बिक्री गर्न लागेको हो । उक्त सेयरको न्यूनतम मूल्य प्रतिसेयर १ सय रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।

उक्त संस्थापक सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीहरुसहित अन्य व्यक्ति, कम्पनी तथा संघ।संस्थाहरूले असार १ गतेदेखि आवेदन दिन सक्नेछन् ।लगानीकर्ताले सेयर खरिद खर्दा सम्पूर्ण कित्ताका लागि आवेदन दिनुपर्नेछ ।

बैंकको सेयर बिक्री प्रबन्धकमा सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेडले रहेको छ । लगानीकर्ताहरूले बिक्री प्रबन्धक सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेड, कमलादी, काठमाडौं तथा सेञ्चुरी बैंकको तोकिएका शाखा कार्यालयहरूमा आवेदन दिनुपर्नेछ ।