८ मंसिर, २०८१ शनिबार
04:50:58 PM
२५ जेठ, २०७९
तोकिएको समय अवधिभित्र विद्यमान संस्थापकहरुबाट सेयर खरिदका लागि कुनैपनि आवेदन नआएमा प्रचलित कानून बमोजिम उक्त सेयर बिक्री प्रक्रिया अगाडि बढाइने पनि बैंकले जनाएको छ ।
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले नेपाल लाइफ इन्स्योरेन्सको नाममा रहेको केही संस्थापक सेयरहरू बिक्री गर्ने भएको छ । संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको ५ लाख कित्ता सेयरहरू बिक्री गर्नका लागि आवेदन दिएको हुनाले उक्त सेयर बिक्री गर्न लागेको बैंकले जनाएको छ। उक्त सेयरको मूल्य ४ सय ७५ रूपैयाँ तोकिएको छ ।
बैंकले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम संस्थाका संस्थापक सेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुलाई सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरी बैंकको केन्द्रिय कार्यालय, थापाथली, काठमाडौँमा निवेदन दिन आग्रह गरेको हो ।
तोकिएको समय अवधिभित्र विद्यमान संस्थापकहरुबाट सेयर खरिदका लागि कुनैपनि आवेदन नआएमा प्रचलित कानून बमोजिम उक्त सेयर बिक्री प्रक्रिया अगाडि बढाइने पनि बैंकले जनाएको छ ।