२१ बैशाख, २०८१ शुक्रबार

10:23:08 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

शिक्षा र कृषि विकासका लागि सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था र बिर्तामोड नगरपालिकाबीच समझदारी

२० पुस, २०७८

शिक्षा र कृषि विकासका लागि सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था र बिर्तामोड नगरपालिकाबीच समझदारी

२०, पुस
प्रदेश १ को सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था र बिर्तामोड नगरपालिकाबीच समझदारी भएको छ। संस्था र नगरपालीकाबीच शिक्षा र कृषि  क्षेत्रमा कार्यक्रम सञ्चालन गर्ने साझेदारी भएको हो। उक्त साझेदारी पत्रमा सहाराका कार्यकारी निर्देशक महेन्द्र गिरी र नगरप्रमुख धु्रवकुमार शिवाकोटीले हस्ताक्षर गनुभयो ।

सम्झौतापत्र अनुसार आधारभूत तह कक्षा १ देखि ५ सम्म प्रविधिमैत्री कक्षा तथा प्रविधिमैत्री शिक्षण सिकाइ कार्यक्रम सञ्चालन गर्ने, पूर्वाधारयुक्त नगर र विषादीरहित कृषि तथा व्यवसायको अभिवृद्धि लगायतका कार्यक्रम सञ्चालन गरिने छन्।

नगरपालिकाको २८ लाख ४० हजार र सहाराको १० लाख गरी कुल ३८ लाख ४० हजारको लागतमा शैक्षिक विकासका कार्यक्रम गरिने र कृषिका कार्यक्रम लागि पालिकाले ४५ लाख र सहाराले ४५ लाख गरी रु ९० लाख उपलब्ध गराउने जनाइएको छ ।

दुवै संस्थाका २०÷२० लाखको लागतमा साना सिँचाइ कार्यक्रमका लागि मोटर बोरिङ वितरण, २५÷२५ लाखमा पशु विकाससम्बन्धी मासु पसल सुधार, गाईको भकारो तथा गोठ सुधार, बाख्रा र बंगुुरको भकारो तथा गोठ सुधार गर्नुका साथै काट्ने उपकरण वितरण गरिने सम्झौतापत्रमा उल्लेख गरेको  छ ।  कार्यक्रमको अवधि ०७९ असार मसान्तसम्म रहनेछ ।