८ मंसिर, २०८१ शनिबार

04:30:24 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

२० अर्बले बढ्यो वाणिज्य बैंकहरुको निक्षेप, सीडी रेसियो ९०.३२ प्रतिशत

२५ जेठ, २०७९

गत जेठ १३ गतेसम्म कुल कर्जा लगानी ४१ खर्ब ९८ अर्ब रुपैयाँ रहेकोमा जेठ २० गतेसम्म घटेर ४१ खर्ब ९६ अर्ब रुपैयाँमा आइपुगेको छ ।

२० अर्बले बढ्यो वाणिज्य बैंकहरुको निक्षेप, सीडी रेसियो ९०.३२ प्रतिशत

काठमाडौं । वाणिज्य बैंकहरुको निक्षेप बढेको छ । नेपाल बैंकर्स एसोसिएसन (एनबीए) ले सार्वजनिक गरेको सूचना अनुसार जेठको तेस्रो साता (जेठ १४ गतेदेखि २० गतेसम्म) वाणिज्य बैंकहरुको निक्षेप ७ अर्ब रुपैयाँले बढेको छ। योसँगै वाणिज्य बैंकहरुको कुल निक्षेप ४३ खर्ब ९० अर्ब रुपैयाँ पुगेको छ।

गत जेठ १३ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४३ खर्ब ८३ अर्ब रुपैयाँ रहेको थियो। जेठ लागेयता भने वाणिज्य बैंकहरुको निक्षेप २० अर्ब रुपैयाँले बढेको छ ।  यसैगरी, जेठको तेस्रो साता वाणिज्य बैंकहरुको कर्जा लगानी भने घटेको छ । यसअवधिमा वाणिज्य बैंकहरुको कर्जा लगानी २ अर्ब रुपैयाँले घटेको तथ्यांकले उल्लेख छ ।
 
गत जेठ १३ गतेसम्म कुल कर्जा लगानी ४१ खर्ब ९८ अर्ब रुपैयाँ रहेकोमा जेठ २० गतेसम्म घटेर ४१ खर्ब ९६ अर्ब रुपैयाँमा आइपुगेको छ । जेठ लागेयता वाणिज्य बैंकहरुको कर्जा लगानी ५ अर्ब रुपैयाँले बढेको छ। न एनबीएका अनुसार वाणिज्य बैंकहरुको सीडी रेसियो ९०.३२ प्रतिशत कायम रहेको छ ।