८ मंसिर, २०८१ शनिबार

04:38:59 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एनएमबि बैंकद्वारा नागार्जूनमा वृक्षारोपण

Nepal Business

२५ जेठ, २०७९

एनएमबि बैंकद्वारा नागार्जूनमा वृक्षारोपण

काठमाण्डौं । एनएमबि बैंकले मूल्य र मान्यतामा आधारित बैंकिङ्गमा अग्रसर हँुदै एनएमबि ग्रिन फिक्सड डिपोजिट अभियानको प्रतिफल स्वरुप वातावरण दिवसको अवसर पारेर श्यामेश्वर गणेशमान स्मृती सामुदायीक वन, नागार्जूनमा विभिन्न प्रकारका फलफूलका बिरुवा रोपेको छ ।

उक्त सामुदायीक वनमा एनएमबिमा ग्रिन फिक्सड डिपोजिट भएका ग्राहकहरुको नाममा विभिन्न प्रजातीका १२५ विरुवा रोपिएको हो । उक्त कार्यक्रममा सामुदायीक वनका अध्यक्ष अर्जुनराज पुरी, सहायक वन अधिकृत सरस्वति अर्याल, बैंकका कर्मचारीहरु लगायत सर्वसाधारणको उल्लेख्य उपस्थिति थियो ।

वातावरणीय संरक्षण प्रवद्र्घनको साथै वातावरणीय दायित्व प्रति सन्तुलन कायम गर्ने प्रयास स्वरुप राष्ट्रव्यापी रुपमा वृक्षारोपण गरिएको जनाइएको छ ।  यस योजना मार्पmत ग्राहकवर्गलाई बैंकले उचित प्रतिफल प्रदान गर्ने मात्र नभई वातावरण संरक्षण र आर्थिक लाभ एकैसाथ प्राप्त गर्न सकिन्छ भन्ने सन्देशमुलक जानकारी दिइएको सम्बन्धमा बैंकको विज्ञप्तिमा उल्लेख छ । 

एनएमबि बैंकले दिफिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफदिइयर एसिया २०२१’ उपाधीबाट सम्मानितभएको बैंक हो।

एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ लगि पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेको छ । बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।