२१ बैशाख, २०८१ शुक्रबार

09:50:47 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एसईई परीक्षा केन्द्रीय बोर्डबाटै लिने तयारी

२० पुस, २०७८

एसईई परीक्षा केन्द्रीय बोर्डबाटै लिने तयारी

२०, पुस, काठमाण्डौं

संसदीय समितिको निर्देशन अनुसार यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)  नहुने भएके छ। यस वर्षको एसईई परीक्षा पनि राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत नै हुने तयारी भएको राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ ।  परीक्षा बोर्डका अनुसार तत्कालका लागि कायम रहेको कानुनी व्यवस्था अनुसार नै परीक्षा लिने तयारी रहेको छ। 

अहिले नै एसईई परीक्षालाई लिएर ठोस निर्णय नभएको र आफूहरु आन्तरिकसँगै संसदीय समितिसँग पनि छलफलमा रहेको बोर्डले जानकारी दिएको छ। 

पुस ८ गते बसेको संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकले माध्यामिक शिक्षा परीक्षा (एसईई) नै खारेज गर्न सरकारलाई निर्देशन दिएको थियो । कक्षा १२ सम्म विद्यालय तह भएकाले १० मा लिइने राष्ट्रिय परीक्षा खारेज गर्न समितिले निर्देशन दिएको हो ।