२० बैशाख, २०८१ बिहिबार

11:37:34 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

भरतपुरले शुरु गर्यो अनलाइन भुक्तानी प्रणाली

Nepal Business

२४ जेठ, २०७९

भरतपुर महानगरपालिकामा तिर्ने राजस्व, कर, दस्तुरलयातका सम्पूर्ण शुल्क अनलाईन प्रणालीबाट सजिलै सकिने भएको छ

भरतपुरले शुरु गर्यो अनलाइन भुक्तानी प्रणाली

चितवन ।

भरतपुर महानगरपालिकाले मंगलबारदेखि घरमै बसेर कर तिर्न सकिने अनलाइन भुक्तानी प्रणाली सञ्चालनमा ल्याएको छ ।  

आफ्ना करदाताहरुले घरमै बसेर सहजतापूर्वक कर तिर्न सकुन भन्ने उद्देश्यसहित महानगरपालिकाले अनलाइन भुक्तानी प्रणाली सुरुवात गरेको हो ।

आफ्ना करदाताहरुले घरमै बसेर सहजतापूर्वक कर तिर्न सकुन भन्ने उद्देश्यसहित महानगरपालिकाले अनलाइन भुक्तानी प्रणाली सुरुवात गरेको हो ।

भरतपुर महानगरपालिकामा तिर्ने राजस्व, कर, दस्तुरलयातका सम्पूर्ण शुल्क अनलाईन प्रणालीबाट सजिलै सकिने भएको छ ।

सेवाको आज (मंगलबार) एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले उद्घाटन गर्नुभयो । 
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मेयर दाहालले भरतपुर महानगरपालिको नीति तथा प्रतिवद्धता अनुसार सेवाको सुभारम्भ गरिएको जानकारी दिनुभयो ।

महानगरपालिका कार्यालयलाई पेपरलेस बनाउने योजनालाई यो सेवाले सहयोग पुराउने उहाँको भनाई छ । 
भरतपुरलाई स्मार्ट सिटी निर्माण गर्न चाहिने सुचकहरु क्रमशः पुरा गर्ने क्रममा अनलाईन प्रणालीको सुरुवात गरिएको उल्लेख गर्नुभयो ।

अनलाईन प्रणालीले भरतपुरको सुशासनलाई बाटोमा हिड्न प्रेरित गर्ने उहाँको भनाई छ । 
स्मार्ट सिटी निर्माण हुन जनप्रतिनिधि, कर्मचारी तथा आम जनता स्मार्ट हुन आवश्यक पर्ने दाहाललले बताउनुभयो ।

महानगरका उपप्रमुख चित्रसेन अधिकारीले चित्रसे अनलाईन भुक्तानी प्रणालीको कार्य ऐतिहासिक कार्यको भएको बताउनुभयो ।  
स्मार्ट सिटी निर्माणको एउटा खुट्किलो अनलाईन भुक्तानी प्रणाली भएको उहाँको भनाई थियो । 
उपप्रमुख अधिकारीले यसको कार्यान्वनका लागि सबै पक्षले उतिकै चासो दिनुपर्नेमा जोड दिनुभयो ।

आफुले तिर्नुपर्ने कर मूल्यांकन गरिसकेपछि आफुले प्रयोग गरिरहेको अनलाइन पेमेन्ट गेट वे प्रणालीबाट कर तिर्न सकिन्छ । 
अहिले इ–सेवा, खल्ती, कनेक्ट आई.पि.एसमार्फत भुक्तानी गर्न सकिने छ ।

भरतपुर महानगरपालिकालाई सुशासन र डिजटलमैत्री बनाउने घोषणापत्रमा उल्लेख गरे अनुसार पहिलो कार्यको थालनी गरिएको महानगरका प्रमुख प्रशासकिय अधिकृत रामबाबु सुवेदीले जानकारी दिनुभयो ।

यो प्रणालीले महानगरको सम्पूर्ण तथ्याङकहरु सजिलोसँग दिन सकिने सुवेदीले जानकारी दिनुभयो । यसले महानगरका हुने ढिलासुस्ती र भिडभाड हटेर जाने बताउनुभयो ।

यसको कार्यान्वनका लागि २९ वटा वडाको टोल सुधार समितिमार्फत कार्यविधि निर्माण गरी भिडियोसहितको तालीम प्रदान गरिने सुवेदीले जानकारी दिनुभयो ।