१ जेठ, २०८१ मंगलबार

08:37:57 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

विश्व बैंकबाट १२ अर्ब ल्याईँदै, सरकारले वार्ता टोली गठन गर्ने

Nepal Business

२४ जेठ, २०७९

यस्तै सरकारले लुम्बिनी सांस्कृतिक नगरपालिकालाई अस्पताल भवन निर्माणार्थ सरकारी जग्गा उपलब्ध गराउने निर्णय पनि गरेको छ ।

विश्व बैंकबाट १२ अर्ब ल्याईँदै, सरकारले वार्ता टोली गठन गर्ने

काठमाडौँ, 
सरकारले विश्व बैंँकबाट हरित उत्थानशील र समावेशी विकासका लागि प्राप्त हुने  १०० मिलियन अमेरिकी डलर (झण्डै रु १२ अर्ब) सहुलियतपूर्ण ऋण सहायता लिन वार्ता टोली गठन गर्ने निर्णय गरेको छ । 

सोमबारको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको गृहमन्त्री बालकृष्ण खाणले जानकारी दिनुभयो ।  

सोमबारको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको गृहमन्त्री बालकृष्ण खाणले जानकारी दिनुभयो । 

यस्तै सरकारले लुम्बिनी सांस्कृतिक नगरपालिकालाई अस्पताल भवन निर्माणार्थ सरकारी जग्गा उपलब्ध गराउने निर्णय पनि गरेको छ । 

गरिबी निवारण कोष सञ्चालक समितिको उपाध्यक्षको राजीनामा स्वीकृत गर्ने, फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिको अध्यक्षमा सुवास विक्रम शाही र सदस्यमा कल्पना दियाकोटीलाई मनोनयन गर्ने निर्णय पनि सरकारले गरेको छ ।

नेपाल वायुसेवा निगमका महाप्रबन्धक तथा सञ्चालक सदस्य डिमप्रसाद पौडेललाई पदबाट हटाउने निर्णय पनि गरेको छ ।