८ मंसिर, २०८१ शनिबार
02:22:32 PM
२४ जेठ, २०७९
काठमाडौं । बैंकहरुको औसत सीडी रेसियो ९० प्रतिशतभन्दा तल झरेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको नयाँ तथ्यांङ्क अनुसार जेठ २२ गते आइतबारसम्म बैंकहरुको औसत सीडी रेसियो ९० प्रतिशत झरेको छ। यसदिन बैंकहरुको औसत सीडी रेसियो ८९.९६ कायम भएको छ।
जेठ २२ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ४९ खर्ब ६७ अर्ब रूपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ । यसै अवधिमा बैंक तथा वित्तीय संस्थाहरूले कुल ४७ खर्ब २० अर्ब रूपैयाँ बराबरको कर्जा प्रवाह गरेका छन् । जसमध्ये वाणिज्य बैंकहरुले मात्रै ४३ खर्ब ८७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् भने अन्य वित्तीय संस्थाहरुले ५ खर्ब ८० अर्ब निक्षेप संकलन गरेका छन् ।
त्यस्तै, वाणिज्य बैंकहरुले मात्रै यस अवधिसम्म ४१ खर्ब ८९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् भने वित्तीय संस्थाहरुले ५ खर्ब ३१ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।