८ मंसिर, २०८१ शनिबार
02:09:49 PM
२४ जेठ, २०७९
बैतडी । बैतडीमा हालसम्म एक लाख ७६ हजार बढीले कोरोनाविरुद्ध पूर्ण खोप पाएका छन्। जिल्लास्थित स्वास्थ्य कार्यालयका अनुसार एक लाख ७६ हजार ४७ ले कोरोनाविरुद्धको पूर्ण खोप पाएका हुन् ।
कोरोनाविरुद्ध खोप पाउनेमा १२ वर्षमाथिका रहेका कार्यालय प्रमुख योगेशप्रसाद भट्टले बताउनुभयो । उहाँका अनुसार जिल्लाभरी ४१ हजार ९९५ ले ‘बुस्टर डोज’ लगाएका छन् ।
जिल्लाको दशरथचन्द नगरपालिकामा २८ हजार ७२८ ले खोपको पहिलो मात्रा लगाएका छन् भने ३६ हजार ९४१ ले पूर्ण खोप लगाएका हुन् । यस नगरमा दुई हजार ८१६ ले बुस्टर डोज लगाएका छन् ।
पाटन नगरमा २० हजार ४८८ ले खोपको पहिलो मात्रा लगाएका छन् भने २७ हजार ८३३ ले पूर्ण खोप लगाएका छन् । पाटनमा १५ हजार २०२ ले बुस्टर डोज लगाएका छन् ।
यसैगरी पुर्चौंडी नगरमा २३ हजार १०६ ले खोपको पहिलो मात्रा लगाएका छन् भने २२ हजार ३३४ ले पूर्ण खोप लगाएका छन् । पुर्चौंडीमा सात हजार ४६२ ले बुस्टर डोज लगाएका छन्।
यस्तै मेलौली नगरमा १३ हजार ९९० ले खोपको पहिलो मात्रा लगाएका छन् भने ११ हजार ९७४ ले पूर्ण खोप लगाएका छन् । मेलौलीमा एक हजार ३३ ले बुस्टर डोज लगाएका हुन् ।
जिल्लाको डिलाशैनी गाउँपालिकामा १९ हजार ६८५ ले खोपको पहिलो मात्रा लगाएका छन् भने १३ हजार ८६९ ले खोपको पूर्ण मात्रा लगाएका छन् । डिलाशैनीमा चार हजार २४२ ले बुस्टर डोज लगाएका छन् ।
यसैगरी दोगडाकेदार गाउँपालिकामा २३ हजार २३६ ले खोपको पहिलो मात्रा लगाएका छन् भने १६ हजार ९४२ ले खोपको पूर्ण मात्रा लगाएका छन् । दोगडाकेदारमा छ हजार ८९५ ले बुस्टर डोज लगाएका छन् ।
जिल्लाको सूर्नया गाउँपालिकामा १० हजार १६४ ले खोपको पहिलो मात्रा लगाएका छन् भने ३६ हजार ९४१ ले खोपको पूर्ण मात्रा पाएका छन् । सूर्नयामा दुई हजार १३३ ले बुस्टर डोज लगाएका छन् ।
पञ्चेश्वर गाउँपालिकामा १८ हजार ८२३ ले खोपको पहिलो मात्रा लगाएका छन् भने १३ हजार १७६ ले पूर्ण खोप पाएका छन् । पञ्चेश्वरमा २१९ ले बुस्टर डोज लगाएका छन् ।
शिवनाथ गाउँपालिकामा भने सात हजार ११३ ले खोपको पहिलो मात्रा लगाएका छन् भने १० हजार ७३३ ले पूर्ण खोेप लगाएका छन् । शिवनाथमा एक हजार ९९३ जनाले बुस्टर डोज लगाएका छन् ।
सिगास गाउँपालिकामा नौ हजार ३३२ ले खोपको पहिलो मात्रा लगाएका छन् भने ११ हजार ७१९ ले पूर्ण खोप पाएका छन् । जिल्लामा हाल पनि कोरोनाविरुद्धको खोप लगाउने क्रम जारी रहेको छ । यसअघि खोप लगाउन छुटेका सबैलाई खोप लगाउन स्वास्थ्य कार्यालय बैतडीले आग्रह गरेको छ ।
रासस