८ मंसिर, २०८१ शनिबार
02:49:00 PM
२४ जेठ, २०७९
समता घरेलु लघुवित्त र सर्पोट लघुवित्तले आफ्नो साधारण सभाले पारित गरेको सेयर नेप्सेमा सूचीकृत गराई सेरधनीको डिम्याट खातामा पठाउन सुरु गरेको हो ।
काठमाडौं । दुई लघुवित्तले आफ्ना सेयरधनीको डिम्याट खातामा बोनस सेयर जम्मा गरिदिएको छ । समता घरेलु लघुवित्त र सर्पोट लघुवित्तले आफ्नो साधारण सभाले पारित गरेको सेयर नेप्सेमा सूचीकृत गराई सेरधनीको डिम्याट खातामा पठाउन सुरु गरेको हो ।
समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको गत पुस ७ गते सम्पन्न आठौं साधारण सभाबाट पारित २० प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा गर्न सुरु गरेको हो । गत मंसिर २३ गतेसम्म सेयर अभौतिकीकरण गराएका कम्पनीका सेयरधनीहरुको बोनस सेयर डिम्याट खातामा जम्मा गरिएको कम्पनीले जनाएको छ ।
त्यस्तै, सर्पोट लघुवित्तको गत पुस १० गते सम्पन्न सातौं वार्षिक साधारण सभाबाट पारित भएको ३० प्रतिशत बोनस सेयर बुकक्लोज हुनुभन्दा अघिल्लो दिनसम्म अर्थात् मंसिर ३० गतेसम्म सेयर अभौतिकिकरण गराएका सेयरधनीहरुको सम्बन्धित डिम्याट खातामा जम्मा गरिएको कम्पनीले जनाएको छ ।