७ मंसिर, २०८१ शुक्रबार

09:55:02 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

आर्थिक क्षेत्रमा महिलाको सहभागिता बढ्दो

२० पुस, २०७८

आर्थिक क्षेत्रमा महिलाको सहभागिता बढ्दो

२० पुस, काठमाण्डौं
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा लघु, घरेलु तथा साना उद्योग दर्ता गर्ने महिलाको संख्यामा वृद्धि भएको छ । घरेलु तथा साना उद्योगका अनुसार आर्थिक वर्षको पहिलो चार महिनामा महिलाहरूको आर्थिक क्षेत्रमा सहभागिता बढ्दो रहेको छ ।

आर्थिक वर्ष ०७६÷७७ मा ७ सय ४६ वटा उद्योग दर्ता हुँदा पुरुषको नाममा ५ सय २८ उद्योग दर्ता भएको थियो भने महिलाको नाममा सय १८ वटा मात्रै थिए  । 

गत आव ०७७÷७८ मा  एक हजार ३ सय ७७ वटा उद्योग दर्ता हुँदा महिलाका नाममा दर्ता भएका उद्योग संख्या ह्वात्तै बढेर ९ सय७५ पुगेकामा  पुरुषका नाममा भने ४ सय २ उद्योग दर्ता भएका थिए । 
चालू आर्थिक वर्षको चार महिनाको अवधिमा पनि महिलाकै सङ्ख्या बढी छ । चालू आवको साउनदेखि कात्तिकसम्म महिलाका नाममा ३ सय ८० उद्योग दर्ता भएका छन् । त्यस अवधिमा दर्ता भएका ५ सय ६० उद्योगमध्ये पुरुषका नाममा १ सय ८०  मात्रै उद्योग छ ।

पछिल्लो समय लघु, घरेलु तथा साना उद्योग दर्ता गर्ने पुरुषको तुलनामा महिलाको सङ्ख्यामा ५० प्रतिशतभन्दा धेरै रहेको छ । चालू आवको मङ्सिरको अन्तिम तथ्याङ्क आउन बाँकी रहे पनि अघिल्ला चार महिनाकै आधारमा उद्योगहरू थपिएको कार्यालयका प्रमुख  सागर खनालले जानकारी दिनुभयो ।

महिलाका नाममा उद्योगहरू सञ्चालन गर्दा विभिन्न थप सहुलियत प्राप्त गर्न सकिने भएकाले पनि महिलाको सहभागिता बढेको हुन सक्ने उहाँको भनाइ छ। 

महिलाहरूको आर्थिक क्षेत्रमा सहभागिता बढ्नु सकारात्मक विषय भएको अधिकारकर्मी यमुना घलेले बताउनुभयो  ।