८ मंसिर, २०८१ शनिबार

02:42:33 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सब–एजेण्ट तथा प्रतिनिधिहरुले रेमिट्यान्स कम्पनीको प्रणाली अनिवार्य रूपमा प्रयोग गर्नुपर्ने (पूर्णपाठसहित)

Nepal Business

२४ जेठ, २०७९

कम्पनीका सब–एजेण्ट वा सब प्रतिनिधिहरुले आन्तरिक विप्रेषणको कारोबार नगद भुक्तानी गर्दा सम्बन्धित विप्रेषण कम्पनीको प्रणाली अनिवार्य रूपमा प्रयोग गर्नुपर्ने

सब–एजेण्ट तथा प्रतिनिधिहरुले रेमिट्यान्स कम्पनीको प्रणाली अनिवार्य रूपमा प्रयोग गर्नुपर्ने  (पूर्णपाठसहित)

काठमाण्डौं । नेपाल राष्ट्र बैंकले रेमिट्यान्स कारोबार गर्ने कम्पनीहरुका लागि नयाँ निर्देशन जारी गरेको छ । 

रेमिट्यान्स कारोबार गर्ने कम्पनीलाई कडाई गर्दै विप्रेषण कम्पनी तथा उक्त कम्पनीका सब–एजेण्ट वा सब प्रतिनिधिहरुले आन्तरिक विप्रेषणको कारोबार नगद भुक्तानी गर्दा सम्बन्धित विप्रेषण कम्पनीको प्रणाली अनिवार्य रूपमा प्रयोग गर्नुपर्ने राष्ट्र बैंकले निर्देशन जारी गरेको हो । 

निर्देशन अनु्सार बैंक खाता व विद्युतीय वालेट सम्बन्धित विप्रेषण कम्पनीको प्रणाली अनिवार्य रूपमा प्रयोग गर्नुपर्ने छ ।

आन्तरिक विप्रेषणको दैनिक प्रतिव्यक्ति प्रतिकारोबार भुक्तानीको सीमा अहिले २५ हजार रुपैयाँ नै यथावत राखेको छ । गत फागुनभन्दा पहिला यस्तो सिमा एक लाख रुपैयाँ रहेको थियो ।