२६ जेठ, २०८२ आइतबार

01:50:37 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एनसीसी बैंकको ८ लाख ८० हजार कित्ता संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले पनि आवेदन दिन पाउने

२४ जेठ, २०७९

बैंकको संस्थापक सेयरको न्यूनतम मूल्य १४१ रुपैयाँ तोकिएको छ त्यसैले आवेदकले १४१ रुपैयाँ वा त्यो भन्दा बढि मूल्यमा आवेदन दिन सक्नेछन् ।

एनसीसी बैंकको  ८ लाख ८० हजार कित्ता संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले पनि आवेदन दिन पाउने

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले केही संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले विभिन्न व्यक्तिहरुको नाममा रहेको ८ लाख ८० हजार कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो । यस अघि विद्यमान संस्थापक सेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी संस्थापक सेयर विक्री खुला गरीएको थियो । तर संस्थापक सेयरधनीहरूबाट उक्त सेयर खरिदको लागि कुनैपनि आवेदन नपरेको हुनाले उक्त सेयर सर्वसाधारणका लागि जारी गर्न लागिएको हो ।

बैंकको संस्थापक सेयरको न्यूनतम मूल्य १४१ रुपैयाँ तोकिएको छ त्यसैले आवेदकले १४१ रुपैयाँ वा त्यो भन्दा बढि मूल्यमा आवेदन दिन सक्नेछन् । उक्त सेयर खरिद गर्न इच्छुक व्यक्ति वा संस्थाले सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरी के कति कित्ता सेयर खरिद गरी लिने हो सोको व्यहोरा खुलाई बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिन सक्नेछन् ।