८ मंसिर, २०८१ शनिबार

02:35:22 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सेञ्चुरी बैंकको डबल धमाका मुद्धती खाता

Nepal Business

२४ जेठ, २०७९

सेञ्चुरी डबल धमाका मद्धती खाता न्यूनतम १० हजार रुपैयाँमा नै खोल्न सकिने

सेञ्चुरी बैंकको डबल धमाका मुद्धती खाता

काठमाण्डौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ग्राहकवर्गहरुको हितलाई ध्यानमा राखेर ‘सेञ्चुरी डबल धमाका मद्धती खाता’ संचालनमा ल्याएको छ ।

यस खातामा ग्राहकहरुले साढे ६ वर्षमा आफूले जम्मा गरेको रकमको दुई गुना रकम (डबल रकम) प्राप्त गर्न सक्नेछन । सेञ्चुरी डबल धमाका मद्धती खाता न्यूनतम १० हजार रुपैयाँमा नै खोल्न सकिनेछ । 

यस खातामा बैंकले ग्राहकहरुलाई मोबाइल बैंकिंग, भिषा डेबिट कार्ड र एसएमएस एलर्ट निःशुल्क उपलब्ध गराएको छ । साथै यस खातामा साँवार कमको ८० प्रतिशतसम्म ऋणपनि लिन सकिनेछ । यो खाता बैंकका सम्र्पूण शाखाहरुबाट खोल्न सकिनेछ । 

आधुनिक बैंकिङ्ग प्रविधिको माध्यमबाट देशका दुर्गम तथा शहरी क्षेत्रमा सरल बैंकिग सेवा प्रदान गर्दै आएको सेञ्चुरी बैंकले आफ्ना १४३ शाखा, १० एक्सटेन्सन काउन्टर, २४ शाखारहित बैंकिङ्ग र ११५ एटिएममार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।