८ मंसिर, २०८१ शनिबार
02:27:57 PM
२३ जेठ, २०७९
उक्त सभाले बैंकको हाल कायम २६ करोड २४ लाख ६७ हजार ६०० रुपैयाँमा थप १ः१ अनुपातमा हकप्रद सेयर जारी गरी चुक्तापुँजी ५२ करोड ४९ लाख ३५ हजार २०० रुपैयाँ पुर्याउने विशेष प्रस्ताव पारित गर्नेछ ।
काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले विशेष साधारण सभा बोलाएको छ । कम्पनीको जेठ २३ गते बसेको संचालक समितिको बैठकले गरेको निर्णय अनुसार सभा असार ८ गते होटल पौवा (होटल स्टार चितवन) रत्ननगर १, टाँडी, चितवनमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
उक्त सभाले बैंकको हाल कायम २६ करोड २४ लाख ६७ हजार ६०० रुपैयाँमा थप १ः१ अनुपातमा हकप्रद सेयर जारी गरी चुक्तापुँजी ५२ करोड ४९ लाख ३५ हजार २०० रुपैयाँ पुर्याउने विशेष प्रस्ताव पारित गर्नेछ । साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने सम्बन्धमा छलफल गर्नेछ ।
कम्पनीले साधारण सभा प्रयोजनार्थ जेठ ३० गते बुकक्लोज गर्ने निर्णय गरेको छ । यसअनुसार जेठ २९ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन पाउनेछन् ।