८ मंसिर, २०८१ शनिबार

03:01:58 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

१५ अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक, बोलकबोल कहिले ?

२३ जेठ, २०७९

राष्ट्र बैंकले बिक्री गर्ने उक्त ऋणपत्रमा बैंक तथा वित्तीय संस्था,गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी,संगठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न सक्नेछन् ।

१५ अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक, बोलकबोल कहिले ?

काठमार्डौं ।  नेपाल राष्ट्र बैंकले "विकास ऋणपत्र २०८३ (छ)" नामको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले ४ वर्ष अवधिको १५ अर्ब रूपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्न लागेको हो । उक्त ऋणपत्रको व्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ । ऋणपत्रको बोलकबोल भोलि जेठ २४ गते मंगलबार अपरान्ह ३ बजेसम्म हुनेछ ।

राष्ट्र बैंकले बिक्री गर्ने  उक्त ऋणपत्रमा बैंक तथा वित्तीय संस्था,गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी,संगठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न सक्नेछन् । खरिदकर्ताले राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागमा आवेदन दिनुपर्नेछ ।

यो ऋणपत्र धितो राखी कर्जा लिन।दिन पाइनेछ । उक्त ऋणपत्र यही जेठ २५ गते निष्कासन हुनेछ । भने ऋणपत्रको साँवा २०८३ साल जेठ २५ गते भुक्तानी हुनेछ ।

त्यस्तै, उक्त ऋणपत्र खरिद गर्न इच्छुक खरीदकर्ता प्रतिस्पर्धी र अप्रतिस्पर्धी रुपमा सहभागी हुन सक्नेछन् । प्रतिस्पर्धी खरीदकर्तालाई निष्काशित रकमको ८५ प्रतिशत र अप्रतिस्पर्धीका लागि १५ प्रतिशत छुट्याइएको छ।