६ जेठ, २०८१ आइतबार

07:54:11 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

ज्योति विकास बैंकद्धारा स्वास्थ्य चौकीलाई ५ वटा बेबी वार्मर प्रदान

२० पुस, २०७८

ज्योति विकास बैंकद्धारा स्वास्थ्य चौकीलाई ५ वटा बेबी वार्मर प्रदान

पुस २०, काठमाण्डौं
ज्योति विकास बैंकले पाँचवटा अस्पताललाई बेबी वार्मर प्रदान गरेको छ। लिपानिबिर्ता स्वास्थ्य चौकी–परवानीपुर, हेटौडा अस्पताल–हेटौडा, बेतिनी सामुदायिक स्वास्थ्य चौकी–फापरबारी, चन्द्रनिगाहपुर अस्पताल –चन्द्रनिगाहपुर र इनरुवा अस्पताल –सुनसरीलाई बैंकले बेबी वार्मर प्रदान गरेको हो। 


संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत बेबी वार्मर प्रदान गरेको बैंकले जनाएको छ। 
ती अस्पताललाई राष्ट्रिय आविष्कार केन्द्रद्वारा स्वदेशमै निर्मित बेबी वार्मर प्रदान गरिएको बैंकले जानकारी दिएको छ। 
नवजात शिशुको शारीरिक तापक्रम उचित राख्न बेबी वार्मर प्रयोग हुन्छ। 


सोही कार्यक्रमका बीच अस्पतालका डाक्टर, नर्स लगायत विभिन्न सम्बन्धित कर्मचारीहरुलाई बेबी वार्मर संचालन सम्बन्धि विशेष तालिम पनि प्रदान गराइएको थियो।
कोषमार्फत ज्योति विकास बैंकले विभिन्न सामाजिक संस्था तथा नागरिकहरुसँग प्रत्यक्ष रुपमा जोडिएर सामाजिक उत्तरदायित्व सम्बन्धि कार्यहरु गर्दै आएको छ। 


बैंकले १३ औं वार्षिकोत्सवको अवसरमा डा. महावीर पुनद्वारा प्रवर्द्धित राष्ट्रिय आविष्कार केन्द्रलाई १२ वटा ‘न्यानो नानी’ अर्थात् बेबी वार्मर बनाई देशका विभिन्न ग्रामीण तथा पहुँच नपुगेका अस्पतालहरुलाई हस्तान्तरण गर्ने सहकार्यका लागि सो केन्द्रको “न्यानो नानी” परियोजना–२ को लागि सहयोग प्रदान गरेको थियो। 


बैंकले यसअघि पनि राष्ट्रिय आविष्कार केन्द्रसँगको सहकार्यमा कपिलवस्तु सामुदायिक अस्पताल९ कपिलवस्तु, मध्यबिन्दु जिल्ला अस्पताल –नवलपुर, महाकाली अञ्चल अस्पताल –कञ्चनपुर, प्युठान जिल्ला अस्पताल–प्युठान, प्राथमिक स्वास्थ्य केन्द्र–महोत्तरी, आम्दा अस्पताल–झापा, जिल्ला अस्पताल९खोटाङ्ग,सामरी स्वास्थ्य चौकी–नुवाकोट, बेनी अस्पताल–म्याग्दी र बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र–बाग्लुङलाई एक९एक थान बेबी वार्मर गरी १० वटा बेबी वार्मर प्रदान गरेको थियो। 

 
बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६२ वटा एटीएममार्फत सेवा उपलब्ध गराउँदै आइरहेको छ।