७ मंसिर, २०८१ शुक्रबार

04:21:36 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

आईफोनको ‘आइफोन सिरिज’मा पन्चहोल डिस्प्ले प्रयोगमा ल्याउने तयारी

२० पुस, २०७८

आईफोनको ‘आइफोन सिरिज’मा पन्चहोल डिस्प्ले प्रयोगमा ल्याउने तयारी

काठमाण्डौं, पुस २०
एप्पलको आईफोन १४ मा धेरैको चासो बढेको छ र यो निकै  चर्चामा छ ।  यो कस्तो हुने छ ?  फोनको डिजाइन र प्रयोग हुने नयाँ प्रविधिका बारेमा जान्ने उत्सुकता सबैमा हुन्छ नै। 
कम्पनीले आफ्नो आगामी आईफोन सिरिजमा पन्चहोल डिस्प्ले प्रयोगमा ल्याउने विषय बाहिरिएको छ ।  हुन त यसअघि देखि नै आईफोन फोर्टिन मा पन्चहोल डिस्प्ले आउने हल्ला भने चली रहेको थियो ।
तर, यती बेला भने एप्पलका उत्पादनहरूको विज्ञका रुपमा परिचित ब्लुमबर्गका सम्पादक मार्क गर्मनले यो विषय सार्वजनिक गर्नुभएको हो। 
उहाँले आफ्नो पावर अन न्युजलेटर पडकास्टमार्फत एप्पलको आउँदो प्रोडक्ट आईफोन फोर्टिनमा पन्चहोल डिस्प्ले राख्ने जानकारी दिनुभएको हो। 
यस्तै एप्पलका अनुसार नयाँ डिजाइन युक्त म्याकबुक एयर, एम२ चिप र २०२२ आईप्याड प्रोका लागि वायरलेस चार्जिङ ल्याउने तयारी गरिरहेको छ ।