७ मंसिर, २०८१ शुक्रबार

03:04:16 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

टेकुको पेट्रोल पम्पमा ग्यास विष्फोट हुँदा दुई घाइते, कसरी भयो विष्फोट ?

Nepal Business

२२ जेठ, २०७९

उहाँका अनुसार आइतबार साँझ ५ बजेको समयमा इन्धन राख्ने ट्याङ्कीको ढक्कन वेल्डिङ गर्ने क्रममा अकस्मात भित्रबाट ग्यास विष्फोट हुँदा उक्त घटना भएको हो ।

टेकुको पेट्रोल पम्पमा ग्यास विष्फोट हुँदा दुई घाइते, कसरी भयो विष्फोट ?

काठमाडौँ, 
काठमाडौँको टेकुस्थित कनक पेट्रोल पम्पमा ग्यास विष्फोट हुँदा दुई जना घाइते भएका छन् ।

घाइते हुनेमा पर्सा जिल्लाको जगन्नाथपुर गाउँपाकिाका किशोरी शाह र सोही ठाउँ घर भई काठमाडौँको कालिमाटी बस्ने १८ वर्षका दीपककुमार शाह घाइते भएका काठमाडौँ जिल्ल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक दिनशराज मैनालीले जानकारी दिनुभयो ।

घाइते हुनेमा पर्सा जिल्लाको जगन्नाथपुर गाउँपाकिाका किशोरी शाह र सोही ठाउँ घर भई काठमाडौँको कालिमाटी बस्ने १८ वर्षका दीपककुमार शाह घाइते भएका काठमाडौँ जिल्ल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक दिनशराज मैनालीले जानकारी दिनुभयो ।

उहाँका अनुसार आइतबार साँझ ५ बजेको समयमा इन्धन राख्ने ट्याङ्कीको ढक्कन वेल्डिङ गर्ने क्रममा अकस्मात भित्रबाट ग्यास विष्फोट हुँदा उक्त घटना भएको हो ।

मैनालीले किशोरीको बायाँ खुट्टा जली फ्याक्चर भएको तथा दाहिने खुट्टा, अनुहार, दुबै हात र छाती जलेको छ भने दीपकको बायाँ गालामा पोलेको जनाइएको छ ।


दुबैको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको र घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।