६ जेठ, २०८१ आइतबार

07:11:01 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

निक्षेप १५ अर्बले बढ्दा ११ अर्बमात्रै ऋण प्रवाह

२० पुस, २०७८

निक्षेपमा सुधार देखिएपनि ऋण प्रवाह कमजोर

निक्षेप १५ अर्बले बढ्दा ११ अर्बमात्रै ऋण प्रवाह


पुस २०, काठमाण्डौं 


बैकिङ्ग प्रणालीमा देखापरेको तरलताको चाप पुसको दोस्रो सातादेखि केही कम भएर गइरहेको छ । लगानीयोग्य रकममा पर्दै आएको असर पछिल्लो समय केही मत्थर भएको छ।

अघिल्लो साता बैंकहरुमा १५ अर्ब निक्षेप थपिंदा ११ अर्ब मात्रै ऋण प्रवाह भएको छ। राष्ट्र बैंकले विभिन्न निर्देशन मार्फत आयातमा कडाइ गरेपछि ऋण विस्तार कमजोर भएको हो।

ऋण विस्तार कम भएपछि वित्तीय प्रणालीको लगानीयोग्य रकम (तरलता)मा पर्दै आएको चाप घट्दै जान थालेको छ। 

नेपाल बैकर्ष संघका अनुसार, १६ पुससम्म बैंकिङ्ग प्रणालीमा कुल निक्षेप ४२ खर्ब ४९ अर्ब पुगेको छ भने ऋण प्रवाह ४० खर्ब ९९ अर्ब पुगेको छ।