८ मंसिर, २०८१ शनिबार

02:31:13 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एनएमबिद्धारा गैर–सरकारी संस्था ‘छोरी’का महिलाहरुलाई वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

Nepal Business

२२ जेठ, २०७९

छोरी संस्थाका दिदिबहिनीहरुलाई गरिएको यस कार्यक्रमले उनीहरुमा वित्तीय ज्ञान प्राप्त भई आत्मनिर्भर बन्न सघाउ

एनएमबिद्धारा गैर–सरकारी संस्था ‘छोरी’का महिलाहरुलाई वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाण्डौं । एनएमबि बैंकद्धारा विभिन्न कारणले जोखिममा परेका महिलाहरुलाई उद्धार तथा सशक्तिकरण गर्दै आएको गैर–सरकारी संस्था ‘छोरी’मा आवद्ध दिदीबहिनीहरुका लागि वित्तीय साक्षरता कार्यक्रम गरेको छ । 

कार्यक्रममा छोरी संस्थाका ५५ जना महिलादिदीबहिनीहरुको उपस्थिति रहेको थियो । बैंकको लघुवित्त विभागद्धारा आयोजित उक्त कार्यक्रमा उपस्थित दिदिबहिनीहरुलाई उत्प्रेरणाको साथैै बचत, लगानी, विभिन्न प्रकारका कर्जाहरु तथा बैंकबाट प्राप्त गर्न सकिने अन्य विभिन्न सेवाहरुको विषयमा वित्तीय शिक्षा प्रदान गरिएको थियो । 

उक्त कार्यक्रममा एनएमबि बैंककातर्फबाट कर्मचारीहरु डा.बुद्धि मल्ल, शरद पौडेल, नबिन पन्थि र छोरी संस्थाकोे तर्फबाट कार्यक्रम संयोजक सारदा पुरीको उपस्थिति रहेको थियो । 

विगतका बर्षहरुदेखी नै महिला उद्यमशिल सहुलियतपूर्ण कर्जा लगानीमा अग्रणी रहेको यस बैंकले महिला सशक्तिकरणको लागि विभिन्न समयमा विभिन्न समूहहरु लक्षित वित्तीय साक्षरता कार्यक्रमहरु आयोजना गर्दै आईरहेको छ ।

छोरी संस्थाका दिदिबहिनीहरुलाई गरिएको यस कार्यक्रमले उनीहरुमा वित्तीय ज्ञान प्राप्त भई आत्मनिर्भर बन्न सघाउ भई समग्र अर्थतन्त्रलाई नै सकरात्मक प्रभाव पर्ने बैंकले विश्वास लिएको छ ।

बैंक र छोरी संस्था दुबैले भविष्यमा पनि यस्ता वित्तीय साक्षरता कार्यक्रम तथा अन्य सम्भावित कार्यक्रमहरुमा सहकार्य गर्ने जानकारी गराएका छन् ।

बैंकले दिफिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफदिइयर एसिया २०२१’ उपाधीबाट सम्मानित भएको बैंक हो । 

बैंकले २०१७, २०१८, २०२० र २०२१ लगि पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधि बैंक अफदि इयर नेपाल’ प्राप्तगरि सकेको छ ।   

बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।