२३ बैशाख, २०८१ आइतबार

09:28:17 AM

https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

आयातमुखी अर्थतन्त्र सुधारमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुन्छ : मन्त्री बडू

Nepal Business

२१ जेठ, २०७९

उहाँले सरकार मुलुकमा उद्योग, उद्यमी र उत्पादनलाई वृद्धि गर्ने लक्ष्यलाई साथ दिन तयार रहेको छ भन्दै उत्पादन वृद्धि, रोजगारी, निकासीयोग्य गुणस्तरीय वस्तु उत्पादनमा निजी क्षेत्रलाई सरकारले सहयोग गर्ने धारणा राख्नुभयो

आयातमुखी अर्थतन्त्र सुधारमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुन्छ : मन्त्री बडू

२१ जेठ । 

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडूले आयातमुखी अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभएको छ ।

 उद्योग सङ्गठन मोरङको ४९ औँ वार्षिक साधारणसभाको शनिबार उद्घाटन गर्दै उहाँले खाद्यान्नलगायत अन्य सामान आयातमा रहेको परनिर्भरता हटाउन र व्यापार सन्तुलन कायम गर्न निजी क्षेत्रले कृषिलगायत औद्योगिक उत्पादन वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।

मन्त्री बडूले वर्तमान सरकार निजी क्षेत्रको सहयोगका लागि लागि आर्थिक एवं मौद्रिक नीतिमा सुधार गर्न तयार रहेको बताउँदै उद्यामीको सङ्घसंस्थाको सुझावअनुसार सरकारले यस वर्षको बजेटमा भूमि, ऊर्जा, निर्यात उद्योगमा सहुलियतको व्यवस्था गरेको जानकारी गराउनुभयो । 

उहाँले सरकार मुलुकमा उद्योग, उद्यमी र उत्पादनलाई वृद्धि गर्ने लक्ष्यलाई साथ दिन तयार रहेको छ भन्दै उत्पादन वृद्धि, रोजगारी, निकासीयोग्य गुणस्तरीय वस्तु उत्पादनमा निजी क्षेत्रलाई सरकारले सहयोग गर्ने धारणा राख्नुभयो ।