२१ चैत, २०८१ बिहिबार
04:06:03 AM
२१ जेठ, २०७९
लक्ष्मी लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय काठमाण्डौँ महानगरपालिका वडा नं.३ कपनमार्ग, महाराजगंजमा रहेको छ ।
काठमाण्डौँ। लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले काभ्रेको धुलिखेलमा केन्द्रीय कार्यालयका ब्यवस्थापन समूह सहित ९० वटा शाखा प्रमुखहरुको उपस्थितीमा २ दिने ब्यवस्थापन सम्मेलन शुरु भएको छ ।
२०७९ ज्येष्ठ २१ गतेबाट आयोजना गरिएको सम्मेलनमा संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रकाश राज शर्माले पानसमा दीप प्रज्वलन गरी बिधिवत शुभारम्भ गर्नु भएको हो ।
यसै अवसरमा संस्थाका प्रमुख कार्यकारी अधिकृतले विधमान तरलता समस्यालाई आत्मसात गर्दै चालु आ.व.२०७८/७९ को समीक्षा सहित आगामी आ.व.२०७९/८० को लागि ब्यवस्थापकिय रणनीति तथा कार्र्ययोजना तर्जुमा गर्नुपर्ने र तरलता ब्यवस्थापनको लागि दिगो स्रोतको पहिचान गर्नुपर्ने धारणा राख्नु भएको थियो।
चुक्ता पूँजी ३८ करोड ४० लाख ५४ हजार रुपैयाँ रहेको लक्ष्मी लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय काठमाण्डौँ महानगरपालिका वडा नं.३ कपनमार्ग, महाराजगंजमा रहेको छ ।
वित्तीय संस्थाले हाल ७ वटा प्रदेशमा ५७ वटा जिल्लामा सञ्चालित ९० वटा शाखा कार्यालयहरु मार्फत लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।