८ मंसिर, २०८१ शनिबार

10:49:31 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सर्वजीत फिल्म निर्माण गर्न ५ महिनाको तलब सहयोग दिने मन्त्री आलेको घोषणा

Nepal Business

२१ जेठ, २०७९

प्रधानमन्त्री शेरबहादुर देउवाले यस फिल्मको शुभमुहूर्त गर्नु भएको छ।

सर्वजीत फिल्म निर्माण गर्न ५ महिनाको तलब सहयोग दिने मन्त्री आलेको  घोषणा

काठमाण्डौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सर्वजीत फिल्म निर्माण गर्न आफ्नो पाँच महिनाको तलब सहयोग गर्ने घोषणा गर्नु भएको छ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा यस फिल्मको शुभमुहूर्त कार्यक्रममा उहाँले फिल्म निर्माणका लागि पाँच महिनाको तलब सहयोग गर्ने घोषणा गर्नु भएको हो। 

प्रधानमन्त्री शेरबहादुर देउवाले यस फिल्मको शुभमुहूर्त गर्नु भएको छ। फिल्मको निर्देशन दिनेश डिसीले गर्दैहुनु हुन्छ । ‘सर्वजीत’ नामक चलचित्र दलित आन्दोलनका अगुवा भगत सर्वजीत विश्वकर्माको जीवनमा आधारित हुने बताइएको छ। 

शनिबार जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवसका अवसरमा उक्त चलचित्रको शुभमुहूर्त गरिएको हो।

उक्त चलचित्र निर्माणका लागि एक करोड २५ लाख रुपैयाँको लागत अनुमान गरिएको छ।