१ जेठ, २०८१ मंगलबार

05:35:38 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल चाहिँदैन भन्दै निजगढवासीको काठमाण्डौमा प्रदर्शन

Nepal Business

२१ जेठ, २०७९

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम अघि नबढाउन सर्वोच्च अदालतले दिएको आदेशको पक्षमा काठमाण्डौंमा प्रर्दशन गरिएको छ।

निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल चाहिँदैन भन्दै निजगढवासीको काठमाण्डौमा प्रदर्शन

काठमाण्डौं  बारा जिल्लाको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल चाहिँदैन भन्दै निजगढवासीले शनिबार काठमाण्डौंको बानेश्वरदेखि माइतीघरसम्म प्रदर्शन गरेका छन् ।

सर्वोच्च अदालतले १० दिनअघि निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य रोकेर त्यसको विकल्प खोज्न आदेश दिएको थियो ।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम अघि नबढाउन सर्वोच्च अदालतले दिएको आदेशको पक्षमा काठमाण्डौंमा प्रर्दशन गरिएको छ।

प्रभावित क्षेत्र टांगियाबासीले शनिबार काठमाण्डौंको माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म ¥यालीसहितको प्रर्दशन गर्दै सर्वोच्च अदालतले दिएको फैसलाको पक्षमा ऐक्यबद्धता जनाएका हुन्।

विनाविकल्प सो विमानस्थलको धावनमार्ग टांगियाबस्तीमा बनाउने सरकारको निर्णयको विपक्षमा सर्वोच्च अदालतको आदेश आएकाले त्यसको कार्यान्वयनको माग गर्दै आफूहरुले ऐक्यवद्धतास्वरुप काठमाडौंमा शान्तिपूर्ण ¥यालीसहितको प्रर्दशन सुरु गरेको स्थानीयले बताए।  

उनीहरुले तत्काल सो विमानस्थलका प्रभावित क्षेत्रका नागरिकलाई लालपूर्जासहितको जमिनको व्यवस्था गर्न पनि सरकारसँग माग गरे।