८ बैशाख, २०८१ शनिबार

12:19:34 AM

https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

उद्योग पाठशालाको स्थापना गर्न उद्योगीलाई आग्रह

Nepal Business

२० जेठ, २०७९

नीजि क्षेत्र र सरकार प्रतिस्पधी नभएको उल्लेख गर्नुहुँदै मुख्यमन्त्री पाण्डेले देशको अर्थतन्त्र बलियो बनाउन सहकार्य जरुरी रहेको बताउनुभयो ।

उद्योग पाठशालाको स्थापना गर्न उद्योगीलाई आग्रह

बागमती

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले उद्योग पाठशालाको स्थापना गर्न उद्योगीलाई आग्रह गर्नुभएको छ । 

मुख्यमन्त्री पाण्डेले शुक्रबार नेपाल उद्योग वाणिज्य महासङ्घ बागमती प्रदेशको पाँचौँ प्रदेशसभालाई सम्बोधन गर्नुहुँदै उहाँले औद्योगिक क्षेत्रका मजदूरलाई तालिम दिएर मात्र उद्योग क्षेत्रको विकासमा गति पैदा हुने विश्वास व्यक्त गर्नुभयो । 

द्योग पाठशालाको स्थापना गर्न आग्रह गर्दै उहाँले भन्नुभयो, “उद्योग पाठशाला खोल्नु अहिलेको आवश्यकता हो । मजदूरका लागि आवश्यक तालिम सञ्चालन गरेर हामीले दक्ष कामदार उत्पादन गर्न जरुरी छ ।”

नीजि क्षेत्र र सरकार प्रतिस्पधी नभएको उल्लेख गर्नुहुँदै मुख्यमन्त्री पाण्डेले देशको अर्थतन्त्र बलियो बनाउन सहकार्य जरुरी रहेको बताउनुभयो । 

उहाँले स्वदेशी उत्पादनको प्रवद्र्धन गर्न र कृषि क्षेत्रको उत्पादन बढाउन प्रदेश सरकारले आवश्यक सहयोग गर्न सदैव तयार रहेको बताउँदै चितवन उद्योग वाणिज्य सङ्घलाई उद्योग पाठशाला खोल्न रु १० लाख सहयोग गरिसकेको जानकारी दिनुभयो ।