८ मंसिर, २०८१ शनिबार

02:20:05 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

२१ अर्ब ९ करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक, बोलकबोल कहिले ?

२० जेठ, २०७९

ट्रेजरी बिल एक वर्ष वा एक वर्षन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।

२१ अर्ब ९ करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक, बोलकबोल कहिले ?

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले २१ अर्ब ९ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले ९१ दिन, १८२ दिन र ३६४ दिनको अवधिको लागि ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल जेठ २३ गते, सोमबार दिउँसो ३ बजे बोलकबोल हुनेछ ।

बैंकले ९१ दिनको अवधिको लागि ४ अर्ब २६ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल भदौ २१ गते परिपक्क हुनेछ । यस्तै, बैंकले १८२ दिनको अवधिको लागि १० अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।

उक्त ट्रेजरी बिल मंसिर २० गते परिपक्क हुनेछ ।  त्यस्तैगरी, बैंकले ३६४ दिनको अवधिको लागि ६ अर्ब ८३ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल वि.सं २०८० साल जेठ २३ गते परिपक्क हुनेछ ।

ट्रेजरी बिल एक वर्ष वा एक वर्षन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।