२ कार्तिक, २०८१ शुक्रबार

12:36:45 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

ज्यापु महागुथीद्धारा एसईई दिएर बसेका विद्यार्थी र अभिभावकलाई परामर्श (भिडियोसहित)

Nepal Business

२० जेठ, २०७९

उहाँले अहिले आफूहरुले आफ्नो समुदायमा मात्र गरेको तर आगामी दिनमा सबै वर्ग र क्षेत्रलाई समेट्ने

ज्यापु महागुथीद्धारा एसईई दिएर बसेका विद्यार्थी र अभिभावकलाई परामर्श  (भिडियोसहित)

काठमाण्डौं । ज्यापु महागुथी नेपाल काठमाण्डौं महानगर समितिद्धारा आयोजनामा ‘एसईई शैक्षिक र अभिभावकत्व’ कार्यक्रम सम्पन्न भएको छ । 

शुक्रबार काठमाण्डौंमा एक कार्यक्रम गरी समितिले भर्खरै एसईई दिएर बसेका विद्यार्थी तथा उनीहरुका अभिभावकहरुलाई आगामी शैक्षिक यात्रा तथा अभिभावकको भूमिकाका बारेमा परामर्श गर्न सो कार्यक्र आयोजना गरेको हो । 

समितिका सदस्य तथा शिक्षा कानून र संचारका संयोजक दिनेश महर्जनले आफूहरुले विगत ८ वर्षदेखि आफूहरुले विद्यार्थीहरुलाई मात्र आगामी शैक्षिक अध्ययनका लागि परामर्श गर्दै आएको जानकारी दिनुभयो । 

तर यस वर्षदेखि आफूहरुले विद्यार्थीसँगै अभिभावकलाई राखेर परामर्श गर्ने सोच बनाएकाले आज यो कार्यक्रम गरिएको उहाँले बताउनुभयो । ‘हामीले बच्चाहरु क्याम्पसमा भर्नाका लागि आउदा विद्याथीलाई काउन्सिलिङ गछौँ । काउन्सिलिङ गर्दा तपाईहरु के पढ्न चाहनु हुन्छ या यो विषय पढ्छु भन्दा किन पढ्न चाहनु हुन्छ प्रश्न गर्दा उहाँहरुको जवाफ अभिभावकको लागि पढ्दै छु भन्नु हुन्छ भने कसैले साथीले जे पढ्यो आफूले पनि त्यहि पढेको भन्नुहुन्छ’, उहाँले भन्नुभयो, ‘ उहाँहरुले के सोच्नु हुन्न भने यो पढाइ मेरो भविष्यमा काम लाग्ने होकी होइन, यसलाई भविष्यमा निरन्तरता दिन सकिन्छ कि सकिदैन भने प्रष्ट हुन हुन्न । जसका कारणले विद्यार्थी फ्रस्टेशन हुन्छन् । जसका कारणले यो पालादेखि हामीहरुले विद्यार्थी र अभिभावकलाईसँगै राखेर काउन्सिलिङ गर्ने कार्यक्रम गर्यौ।’

यस्तै उहाँले अहिले आफूहरुले आफ्नो समुदायमा मात्र गरेको तर आगामी दिनमा सबै वर्ग र क्षेत्रलाई समेट्ने बताउनुभयो । 

अहिलेको परिवेशमा हरेक क्षेत्रमा कार्यरत कर्मचारी, हाकिम तथा सामान्य व्यक्तिलाई पनि परामर्शको खाँचो पर्छ भने भर्खर एसईई दिएको बच्चालाई त झन यो अत्यन्तै जरुरी छ । किनभने उनीहरु किशोरावस्थामा हुन्छन्। र उनीहरुमा सहि र गतल छुट्याउने क्षमता निकै कम हुन्छ । उनीहरु जेशिला हुन्छन् । हतारमा निर्णय गर्छन् । जसका कारणले पछि पछुताउनुपर्छ । 

यस्तो अवस्था सिर्जना नहोस भनेर एउटा समुदायमा मात्र नभएर नेपालको हरेक क्षेत्रमा यस्ता कार्यक्रम राज्यस्तरबाटै गरिनु पर्ने उहाँको भनाइ छ। उहाँका अनुसार परामर्श पाठ्यक्रममा नै जोड्दा अझ बढि प्रभावकारी हुने पनि उहाँको भनाई छ। 

कार्यक्रममा परामर्शदाताद्धय इन्द्र गुरुङ र राजेश्वरी श्रेष्ठ गुरुङले विद्यार्थी तथा अभिभावकलाई ‘काउन्सिलिङ’ गर्नुभएको थियो ।  उहाँहरुले आफ्नो नानीबाबुहरुले गर्न चाहेको र पढ्न चाहेको कुरालाई गर्न दिनुपर्ने बताउनुभयो । 

यस्तै राजेश्वरी श्रेष्ठ गुरुङले अभिभावकहरुले आफ्ना नानीबाबुहरुसँग निरन्तर कुराकानी गर्नुपर्ने बताउनुभयो । ‘निरन्तर कुराकानी गर्ने भन्नाले जति बेला पनि बच्चासँग बोल्ने होइन । आफ्नो बच्चासँग बोल्न समय लिनुस । आज यस विषयमा कुरा गर्नुछ एक छिन कुरा गरौँ भन्नुस्’, उहाँले भन्नुभयो, ‘जति बेला पनि कुरा गर्दा बच्चा इरिटेड हुन्छ ।’

सो कार्यक्रममा समृद्धि कलेज, न्यु जेनिथ कलेज, ह्वाइट फिल्ड कलेज, काठमाडु बनहार्ट कलेज, जुबिल्यान्ट कलेज, रिड मोडल कलेज, प्राइम कलेज, रेम्बो कलेज, क्यापिटल हिल कलेज र काठमाडु मोडेल स्कुलको सहभागिता रहेको थियो ।