८ मंसिर, २०८१ शनिबार
02:46:03 PM
२० जेठ, २०७९
तोकिएको समय अवधिभित्र विद्यमान संस्थापकहरुबाट सेयर खरिदका लागि कुनैपनि आवेदन नपरेमा प्रचलित कानून बमोजिम सेयर बिक्री प्रक्रिया अगाडि बढाउने बैंकले जनाएको छ ।
काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले केही संस्थापक सेयरहरू बिक्री गर्ने भएको छ । बैंकका संस्थापक सेयरधनी निरेन्द्र मोहन भट्टराईले आफ्नो नाममा रहेको २८ हजार ६ सय २६ कित्ता संस्थापक सेयर बिक्रीका लागि निवेदन दिएको हुनाले उक्त सेयरहरू बिक्री गर्न लागेको बैंकले जनाएको छ ।
बैंकले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम संस्थाका संस्थापक सेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुलाई सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरी बैंकको मुख्य कार्यालय, डिल्लीबजार, काठमाडौँमा निवेदन दिन आग्रह गरेको हो ।
तोकिएको समय अवधिभित्र विद्यमान संस्थापकहरुबाट सेयर खरिदका लागि कुनैपनि आवेदन नपरेमा प्रचलित कानून बमोजिम सेयर बिक्री प्रक्रिया अगाडि बढाउने बैंकले जनाएको छ ।