८ मंसिर, २०८१ शनिबार
02:24:29 PM
२० जेठ, २०७९
तोकिएको समय अवधिभित्र विद्यमान संस्थापकहरुबाट सेयर खरिदका लागि कुनैपनि आवेदन नआएमा प्रचलित कानून बमोजिम सेयर बिक्री प्रक्रिया अगाडि बढाउने बैंकले जनाएको छ ।
काठमाडौं । सानिमा बैंक लिमिटेडले केही संस्थापक समूहको सेयरहरू बिक्री गर्ने भएको छ । बैंकले २५ लाख कित्ता संस्थापक समूहको सेयरहरू बिक्री गर्न लागेको हो । उक्त सेयरको न्यूनतम मूल्य २ सय रूपैयाँ तोकिएको छ ।
बैंकले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम बैंकका संस्थापक सेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुलाई सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरी बैंकको केन्द्रिय कार्यालय, नारायणचौर, नक्साल, काठमाडौँमा निवेदन दिन आग्रह गरेको हो ।
त्यसैगरी, तोकिएको समय अवधिभित्र विद्यमान संस्थापकहरुबाट सेयर खरिदका लागि कुनैपनि आवेदन नआएमा प्रचलित कानून बमोजिम सेयर बिक्री प्रक्रिया अगाडि बढाउने बैंकले जनाएको छ ।