७ मंसिर, २०८१ शुक्रबार
03:40:18 PM
१९ पुस, २०७८
नेपाल विजनेश समाचारदाता,
काठमाडौँ, १९ पुस । काठमाडौँको चन्द्रागिरी नगरपालिका ५ गुर्जधारामा रहेको यातायात व्यवस्था कार्यालयमा विचौलीयाको विगविगी जस्तै भएको छ । अघिल्लो हप्ता मात्रै प्रहरीले केही विचौलीया पक्राउ गरी कारवाही गरेकामा आज मात्रै १६ विचौलीया पक्राउ गरेको छ ।
उनीहरुले गुर्जुधारास्थित यातायात व्यवस्था कार्यालय मोटरसाइकल शाखा अगाडिको सार्वजनिक सडक खण्डबाट यातायात ब्यबस्था कार्यालयमा आउने सेवाग्राहीहरुलाई लाग्ने दस्तुर भन्दा बढी दस्तुर लिने गरेका थिए । यस्तै छिटो छरितो काम गरिदिने भनी आश्वासन दिई जवरजस्ती सेवाग्राहीलाई तानी अनावश्यक दुःख हैरानी दिने गरेको पनि प्रहरीले जनाएको छ ।
उनीहरुलाई सार्वजनिक स्थानमा अशान्ति मच्चाई अभद्र व्यवहार गरिरहेको आरोपमा पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकराी दिनुभयो । उनीहरुलाई अपराध संहिता २०७४ बमोजिम अभद्र व्यवहार गरेको कसूरमा मुद्दा दर्ता गरी प्रहरी बृत्त थानकोटबाट थप अनुसन्धान भइरहेको जनाइएको छ ।
पक्राउ पर्नेमा चन्द्रागिरि ६ का सुबिन लामा, शौरव श्रेष्ठ, राजेश खड्गी, रविन कार्की, अजय महर्जन, हरिकृष्ण पहरी,धनकुटा घर भएका राकु तामाङ, अछामका एकेन्द्र बुढा,ओखलढुङ्गाका बिरेन्द्र कटुवाल र विवेक न्यौपाने तनहुँका सुसान्त राज भण्डारी, मकवानपुरका विशाल लामा, रोल्पा घर भएका जिवन मगर, झापाका विशाल मेचे, ललितपुरका रुद्र बहादुर महत र सिन्धुपाल्चोकका छिरिङ तामाङ छन् ।