१७ बैशाख, २०८१ सोमबार

04:47:42 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

कर्मचारीहरुले हप्तामा ४० घण्टा कार्यलयमै आएर काम गर्नु पर्नेः इलोन मस्क

Nepal Business

१९ जेठ, २०७९

टेस्ला कम्पनीमा ५ दिन काम र बाँकी २ दिन बिदा भएमा ५ दिनको हिसाबले दैनिक ८ घण्टा कार्यालयबाट काम गर्नुपर्ने हुन्छ

कर्मचारीहरुले हप्तामा ४० घण्टा कार्यलयमै आएर काम गर्नु पर्नेः इलोन मस्क

एजेन्सी । इलोन मस्कले आफ्नो इलेक्ट्रिक कार कम्पनी टेस्लाको सम्बन्धमा कडा निर्णय लिनु भएको छ । सामाजिक सञ्जालमा टेस्लासँग सम्बन्धित एउटा मेल लीक भएको खबर बाहिर आएको छ। त्यसमा कोरोनाका कारण सुरु भएको वर्क फ्रम होम अन्त्य गर्ने घोषणा गरिएको छ ।

मेलमा कर्मचारीले कम्तिमा ४० घण्टा (हरेक हप्ता) कार्यालयमा आएर काम गर्नुपर्ने लेखिएको छ । टेस्ला कम्पनीमा ५ दिन काम र बाँकी २ दिन बिदा भएमा ५ दिनको हिसाबले दैनिक ८ घण्टा कार्यालयबाट काम गर्नुपर्ने हुन्छ ।

लीक भएको स्क्रिनसटसँगै यो मेल इलोन मस्कले टेस्लाका कर्मचारीलाई लेखेको दाबी गरिएको छ । पत्रमा उहाँको नाम पनि लेखिएको छ । एलोन मस्कले टेस्लाका कर्मचारीहरूलाई या त अफिसबाट काममा आउन वा टेस्ला छोड्न चेतावनी दिनु भएको छ।

कर्मचारी टेस्लाको मुख्य कार्यालयमा आउनु पर्ने आदेशमा लेखिएको छ । टाढाको शाखा कार्यालयमा कर्मचारीले काम गरेमा काम हुँदैन । यसको मतलब मुख्य कार्यालयमा मात्रै आउनु पर्छ। उक्त पत्रमा कारखानामा काम गर्ने मजदुरहरु यस (८ घण्टा) भन्दा बढी समय कार्यालयमा बस्ने समेत लेखिएको छ ।