१ जेठ, २०८१ मंगलबार

06:12:26 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

खपतभन्दा बढिको बिजुली भारत निर्यात हुने

Nepal Business

१९ जेठ, २०७९

प्राधिरकणका अनुसार बुधबार मध्यरातदेखि त्रिशूली र देवीघाट जलविद्युत केन्द्रको बिजुली भारतका निर्यात गर्न थालिएको हो ।

खपतभन्दा बढिको बिजुली भारत निर्यात हुने
काठमाण्डौं । यस वर्षबाट नेपालले भारतमा बिजुली निर्यात सुरु गरेको छ । नेपालमा विद्युत उत्पादन बढेर खपत हुन नसकेको बिजुली भारत निर्यात गर्न सुरु गरिएको हो ।
 
प्राधिरकणका अनुसार बुधबार मध्यरातदेखि त्रिशूली र देवीघाट जलविद्युत केन्द्रको बिजुली भारतका निर्यात गर्न थालिएको हो । प्राधिकरणका प्रवक्ता सुरेश बहादुर भट्टराईका अनुसार भारतको प्रतिस्पर्धी ऊर्जा एक्सचेन्ज बजार (आईईएक्स)मा प्रत्येक १५ मिनेटको ब्लकमा नेपालले आफ्नो बिजुली विक्रीका लागि राखेको छ ।
 
प्रत्येक ब्लकका बिजुली फरक–फरक मूल्यमा बिक्री हुन्छ । भारतले प्रतियुनिट अधिकतम् भारु १२ मा खरिद–विक्री गर्न सक्ने गरी सीमा तोकेको छ ।
नेपालले भारतीय बजारमा ३६४ मेगावाटसम्म विद्युत बिक्रीका लागि स्वीकृति पाएको छ । त्यसमध्ये २०० मेगावाट प्रतिस्पर्धामार्फत जसले बढी दर कबोल गर्छ उसैलाई बिक्री गर्ने योजना छ ।
यसअनुसार नेपालले कुनै ब्लकमा अधिकतम् भारू १२ सम्म मूल्य पाउनेछ । औसत रुपमा प्रतियुनिट ६.२८ भारतीय रूपैयाँ (१० रूपैयाँ ४ पैसा नेपाली रूपैयाँ) सम्ममा बिजुली बिक्री हुने देखिएको प्रवक्ता भराईले बताउनु भयो ।
 
भराईका अनुसार कालीगण्डकी ए जलविद्युत आयोजनाको बिजुली पनि भारत विक्रीका लागि प्राविधिक तयारी भइरहेको छ ।
 
नेपाल विद्युत प्राधिकरणले वर्षायाममा नेपालमा खपत गरी जगेडा भएको विद्युत् भारतमा प्रतिस्पर्धी दरमा बिक्री गर्न टेन्डर पनि आह्वान गरेको छ । नेपालका जलविद्युत् आयोजनाहरुबाट उत्पादित २०० मेगावाट विद्युत् बिक्रीका लागि भारतीय कम्पनीहरुसँग प्रस्ताव माग गरेको थियो ।
 
नेपालले भारतीय बजारमा ३६४ मेगावाटसम्म विद्युत बिक्रीका लागि स्वीकृति पाएको छ । त्यसमध्ये २०० मेगावाट प्रतिस्पर्धामार्फत जसले बढी दर कबोल गर्छ उसैलाई बिक्री गर्ने योजना छ । बाँकी रहेको विद्युत भारतीय ऊर्जा एक्सचेन्जमा बिक्री गर्ने योजना छ ।
 
 भारतले नेपालका ६ वटा विद्युतगृहबाट उत्पादित विद्युतलाई स्रोत मानी भारतीय बजारमा बिक्रीका लागि प्राधिकरणलाई स्वीकृति दिएको छ । देशभित्र खपत गरेर जगेडा भएको विद्युत ढल्केबर–मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारणलाइनमार्फत निर्यात हुने छ ।
 
नेपालले प्राधिकरणको स्वामित्वका त्रिशूली, देवीघाट, कालीगण्डकी ‘ए’, मध्यमर्याङ्दी, मर्स्याङ्दी र निजी क्षेत्रको ग्रिन भेन्चर्स लिको लिखु४बाट उत्पादित ३६४ मेगावाट विद्युत निर्यातका लागि स्वीकृति पाएको छ ।