८ मंसिर, २०८१ शनिबार
02:41:22 PM
१९ जेठ, २०७९
एनएमबि बैंक लिमिटेडले नेदरल्याण्ड डेभलपमेन्ट अर्गनाईजेशनको ‘रिजल्ट बेस्ड फाइनान्सिङ’ परियोजना अन्तर्गत ५ हजार ७२८ सुधारिएको चुल्हो वितरण
काठमाण्डौं । एनएमबि बैंक लिमिटेडले नेदरल्याण्ड डेभलपमेन्ट अर्गनाईजेशनको ‘रिजल्ट बेस्ड फाइनान्सिङ’ परियोजना अन्तर्गत ५ हजार ७२८ सुधारिएको चुल्हो वितरण गरिएको छ। बैंकले परियोजनासँग मिलेर उक्त परियोजनाको लागि कोष व्यवस्थापकको रुपमा काम गरेको थियो ।
परियोजना अन्तर्गत नेपालमा सुधारिएको चुल्हो वितरण गरेर ग्रामिण भेगका जनताहरुको जीवनस्तर सुधार गर्ने उदेश्यकासाथ प्राक्टिकल एसएनभीसँग बैंकले सहकार्य गरेर सुदूरपश्चिम र कर्णालीका विभिन्न ग्रामिण भेगमा सुधारिएको चुल्होहरु वितरण गरेको हो ।
बैंकको लघुवित्त विभागले एसएनभीसँग सहकार्य गरेर उक्त परियोजना सफलतापूर्वक कार्य गरिरहेको छ भने यस परियोजनाको साथ–साथै अन्य विभिन्न परियोजनाहरुसँग सहकार्य गरेर सेवा प्रदान गर्दै आईरहेको छ ।
यस परियोजनाले दाउराको खपत घटाएर वनको संरक्षणमा मद्धत पुग्ने, विषेशगरि महिलादिदीबहिनिहरुले भान्छाको लागि गर्नुपर्ने कठिनाईमा कमि ल्याउने, धुवां धुलोमा कमिको कारणले वायूु प्रदुषणमा समेत नियन्त्रण भई समग्र आगलागीको खतरा तथा धुवाँ तथा धुलोको कारणले स्वास्थमा आउने रोग तथा बिकारहरुमा समेत कमि हुने विश्वास लिईएको छ ।
बैंकले दिफिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफदिइयर एसिया २०२१’ उपाधीबाट सम्मानित भएको बैंक हो ।
बैंकले २०१७, २०१८, २०२० र २०२१ लगि पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी‘ बैंक अफदिइयर नेपाल’प्राप्त गरि सकेकको छ ।
बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।