८ मंसिर, २०८१ शनिबार
03:07:09 PM
१९ जेठ, २०७९
लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली (जेठ २० गते शुक्रबार) बुक क्लोज गर्ने निर्णय गरेको छ।
काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (जेठ १९ गते बिहीबार) अन्तिम दिन रहेको छ । लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली (जेठ २० गते शुक्रबार) बुक क्लोज गर्ने निर्णय गरेको छ। यस अनुसार आज (बिहीबार) सम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र लघुवित्तको साधारण सभामा सहभागिता हुन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।
लघुवित्तले हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको थियो। सोही लाभांश प्रस्ताव पारित गर्न लघुवित्तले जेठ २८ गते तेस्रो साधारण सभा बोलाएको छ। सो सभा धनगढी उपमहानगरपालिका २, धनगढी, कैलालीमा बिहान ११ बजेदेखि सुरु हुनेछ। सभाले मर्जर तथा एक्विजिशन र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, केन्द्रिय कार्यालय स्थानान्तरण, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।