७ मंसिर, २०८१ शुक्रबार
09:43:44 AM
१९ जेठ, २०७९
छापावाला सुनको मूल्य तोलामा चार सय रुपैयाँले बढेर ९७ हजार छ सय रुपैयाँमा कारोबार
काठमाण्डौं । सुनको मूल्य बिहीबार बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा चार सय रुपैयाँले बढेको छ ।
छापावाला सुनको मूल्य तोलामा चार सय रुपैयाँले बढेर ९७ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाला सुनको मूल्य तोलाको ९७ हजार दुई सय रुपैयाँ थियो ।
तेजाबी सुनको मूल्य पनि तोलामा चार सय रुपैयाँले बढेर ९७ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार तेजाबी सुनको मूल्य तोलाको ९६ हजार सात सय रुपैयाँ थियो ।
यस्तै चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर १२ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।