८ मंसिर, २०८१ शनिबार

02:43:45 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एनआईसी एशियाको ‘फ्लेक्सी क्याप फण्ड’ मा आजदेखि आवेदन दिन सकिने

१९ जेठ, २०७९

७ वर्ष अवधिको बन्दमुखी प्रकृतिको यस योजनाको इकाईमा लगानीकर्ताहरुले न्यूनतम १०० देखि एक करोड २० लाख इकाईसम्म आवेदन दिन सक्नेछन् ।

एनआईसी एशियाको ‘फ्लेक्सी क्याप फण्ड’ मा आजदेखि आवेदन दिन सकिने

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले एनआईसी एशिया बैंक म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने एनआईसी एशिया फ्लेक्सी क्याप फण्डमा आज जेठ १९ गतेदेखि आवेदन दिन सकिने छ । बैंकले कुल १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याएको हो । उक्त फण्डको इकाईमा आज जेठ १९ गतेदेखि २४ गते (मंगलबार) सम्म आवेदन दिन सकिनेछ । सो समयभित्र माग जति आवेदन नपरेको खण्डमा असार २ गतेसम्म समय थप गरिने छ ।

७ वर्ष अवधिको बन्दमुखी प्रकृतिको यस योजनाको इकाईमा लगानीकर्ताहरुले न्यूनतम १०० देखि एक करोड २० लाख इकाईसम्म आवेदन दिन सक्नेछन् । क्यापिटलले प्रतिइकाई निष्काशन गरिने कुल इकाईमध्ये बीज पूँजीबापत न्यूनतम १ करोड ५० लाख वा कुल बिक्री भएको इकाईसंख्याको १५ प्रतिशत कोष प्रवर्धक एनआईसी एशिया बैंकलाई सुरक्षित गरिएको छ । यसरी बाँकी रहेको ८ करोड ५० लाख इकाई म्युचुअल फण्ड र सर्वसाधारणका लागि बिक्री खुला हुनेछ ।

 उक्त फण्डमा लगानी गर्ने इकाईधनीहरुलाई योजनाको अवधिभरमा १३६ प्रतिशत भन्दा बढी प्रतिफल वितरण गरिने प्रक्षेपण गरिएको छ । इकाई खरीदका लागि नेपाली नागरिक, गैरआवासीय नेपालीको प्रमाणपत्र ९परिचय पत्र जारी भएका व्यक्ति, प्रचलित कानून बमोजिम दर्ता भएका नेपाली फर्म, संघ संस्था, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, कुनै पनि वर्ग वा समूहले खडा गरेको कोषहरु जस्तै सञ्चय कोष, कल्याणकारी कोष, गुठी, अक्षय कोष आदिले इकाई खरिद गर्न आवेदन दिन सक्नेछन् ।

फण्डको योजना व्यवस्थापक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।