१६ कार्तिक, २०८१ शुक्रबार
01:07:17 PM
१८ जेठ, २०७९
टेकम्याक्सको सोरुम कुमारीपाटीबाट ग्राहकले खरिद गर्न सक्नेछन् भने टेकम्याक्सले ललितपुर भर कोर्नका उत्पादन बिक्री गर्ने
काठमाण्डौं । अन्तर्राष्ट्रिय मोबाइल एसेसरिज ब्राण्ड ‘कोर्न’ले आफ्ना उत्पादनहरू नेपाल ल्याएसँगै ललितपुरको बिक्रेतामा टेकम्याक्स कुमारिपाटीलाई नियुक्त गरेको कम्पनीले जानकारी दिएको हो ।
टेकम्याक्सको सोरुम कुमारीपाटीबाट ग्राहकले खरिद गर्न सक्नेछन् भने टेकम्याक्सले ललितपुर भर कोर्नका उत्पादन बिक्री गर्ने जनाइएको छ । सो शोरुमको उद्घाटन ललितपुर मोबाइल बिजनेस एसोसिएसनका अध्यक्ष सन्तोष घिमिरेलले गर्नुभयो ।
नेपालमा सार्वजनिक हुनुअघि विश्वका ३८ वटा देशमा यस ब्रान्डले आफ्ना विभिन्न उत्पादनहरू लन्च गरिसकेको कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार हरेक उत्पादन एमं ग्याजेटमा १ वर्षको वारेन्टी समेत रहेको छ ।
केमियो इन्टरन्यासनल प्रा।लि। ले यस ब्रान्डका ग्याजेट नेपाल भित्राएको हो । हेडफोन, चार्जर, स्मार्ट वाच्, डाटा केवल, स्पिकर लगायत करिब एक सय प्रकारका ग्याजेट उपलब्ध रहेको टेकम्याक्सले जनाएको छ ।