८ मंसिर, २०८१ शनिबार

02:18:24 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एनआईसी एशिया लघुवित्तको ५० हजार कित्ता सेयर लिलामीमा

१८ जेठ, २०७९

उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४ सय २५ रूपैयाँ तोकिएको छ ।

एनआईसी एशिया लघुवित्तको ५० हजार कित्ता सेयर लिलामीमा

काठमाडौं ।  एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक समूहको सेयर आज (जेठ १८ गते, बुधबार) बाट लिलाम बढाबढ गरी बिक्री खुल्ला गरिएको छ । प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्टको स्वामित्वमा रहेको लघुवित्तको ५० हजार कित्ता सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको हो । उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४ सय २५ रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।

उक्त सेयरहरू खरिद गर्न इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी तथा संघ संस्थाहरूले न्युनतम २५ हजार कित्तादेखि अधिकतममा सबै कित्ताका लागि जेठ २५ गतेसम्म आवेदन दिन सक्नेछन् ।  लघुवित्तको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेडले गरेको छ । लगानीकर्ताहरूले बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड, बबरमहल, काठमाडौँमा आवेदन दिनसक्नेछन् ।