७ मंसिर, २०८१ शुक्रबार
04:59:39 PM
१९ पुस, २०७८
१५ प्रतिशत लाभांश प्रस्ताव
काठमाण्डौं, पुस १९
चिलिमे जलविद्युत कम्पनी लिमिटेडले पुस २३ गते हुने २५औं वार्षिक साधारण सभाको स्थान परिवर्तन गरेको छ । यस अघि कम्पनीको रजिष्टर्ड कार्यालय महाराजगञ्ज, काठमाडौंमा गर्ने भनिएकोमा विशेष कारण बस उक्त स्थान परिवर्तन गरी स्काई जोन रेस्ट्रो एण्ड बैंक्वेट्स, धुम्वाराही, काठमाडौंमा गर्ने भएको छ ।
सभा विहान ११ बजे भर्चुअल माध्यमबाट हुनेछ । सभाले गत आर्थिक वर्ष ०७७÷७८ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषयलाई पनि टुङ्ग्याउनेछ ।
यस वर्ष कम्पनीले गत वर्षको मुनाफाबाट कुल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापू्ँजीको आधारमा ७ दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ७ दशमलव ५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो ।
हाल कम्पनीको चु्क्तापूँजी ६ अर्ब २८ करोड ७ लाख ३९ हजार छ । सोही पू्ँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्न लागेको हो । साधारण उक्त सभा प्रयोजनका लागि कम्पनीले पुस १५ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । बुक क्लोजको आधारमा पुस १४ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुने बताइएको छ ।