८ मंसिर, २०८१ शनिबार

02:33:33 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

कुमारी बैंकले ३ अर्ब रूपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने

१८ जेठ, २०७९

बैंकले १९७ शाखा सञ्जाल, १८१ एटिएम, ४२ शाखारहित बैंकिङ ईकाई तथा १६ एक्सटेन्सन काउन्टरबाट सेवा प्रदान गर्दै आएको छ ।

कुमारी बैंकले ३ अर्ब रूपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने

काठमाडौं । कुमारी बैंक लिमिटेडले १० वर्षे अवधि तथा वार्षिक ११ प्रतिशत व्याजदर भएको “केबिएल डिबेन्चर २०८९” ऋणपत्र बिक्री गर्ने भएको छ । कम्पनीले ऋणपत्र निष्काशनको लागि सिद्धार्थ क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ । सम्झौता पत्रमा कुमारी बैंकका प्रमुख बजार व्यवस्थापन नवीन मुनि बज्राचार्य र सिद्धार्थ क्यापिटलका तर्फबाट प्रमुख संचालन अधिकृत सन्दिप कार्कीले हस्ताक्षर गर्नुभएको छ ।
 
बैंकले प्रतिकित्ता अंकित मूल्य १ हजार रूपैयाँ दरमा ३ अर्ब रूपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो । नेपाली वित्तिय क्षेत्रमा हाल सम्मकै उच्चतम व्याजदर दिने मध्येमा सो ऋणपत्र पर्दछ ।  वर्तमान वित्तिय बजारमा उच्चतम प्रतिफलसहितको यस ऋणपत्रबाट खरिदकर्ताहरुले आगामी दशककै राम्रो प्रतिफल प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको छ ।

बैंकले १९७ शाखा सञ्जाल, १८१ एटिएम, ४२ शाखारहित बैंकिङ ईकाई तथा १६ एक्सटेन्सन काउन्टरबाट सेवा प्रदान गर्दै आएको छ ।